शुद्धोधनमा वेथितिः जनप्रतिनिधिहरुको मनपरी कर्मचारी भर्नामा कोटा बाँडे, मापदण्ड विर्सिए

उज्यालो पोष्ट,भाद्र २३ , २०७८ 

कपिलवस्तु-शुद्धोधन गाउँपालिका(लबनी का जनप्रतिनिधिहरुले स्थानीय सत्ता र शासनको दुरुपयोग गर्दै आएका छन । जनप्रतिनिधिहरुले स्वयम् आफैरआफ्नै घर वा आसेपासेलाई योजनाको उपभोक्ता समितिको अध्यक्ष बनाइ दुई वा दुई भन्दा बढी योजना चलाउदै आएको र बिज्ञापन नगरे पनि कार्यपालिका तथा वडा समितिको को सिफारिसमा करार पदको कर्मचारी ९शिक्षा ,स्वास्थ,कार्यालय सहयोगी र सवारी चालक राख्दै आएको नागरिकहरुले गुनासो गर्न थालेका छन् ।

यसै आ.ब. वर्षमा गाउँपालिकाले एम्बुलेन्स ९संख्या ४०,जेसिबी९संख्या १०,ट्रयाकटर९संख्या १० र क्अयचउष्य ९संख्या १० गरि ७ वटा चारपाङ्रे ल्याएको भित्राएको छ । जेसिबी र ट्रयाकटरको चालक पालिका अध्यक्ष को सिफारिसमा , स्कारपियोको चालक पालिका उपाध्यक्ष को सिफारिसमा तथा वडा न ,२,४,५ का वडा अध्यक्षहरुको सिफारिसमा ४ वटा एम्बुलेन्स को चालक विना प्रकृया नियुक्ति गरिएको पाईएको हो ।
गाउँपालिकामा “चालक अनुमतिपत्र र अनुभवपत्र भएका युवाहरूलाई खुला प्रतिस्पर्धा को अवसर नदिएको राजनीतिक कार्यकर्ता पाल्ने भर्ति केन्द्र जनप्रतिनिधिहरुले आयोग्य अर्थात एम्बुलेन्स चालकअनुमति पत्र र अनुभवपत्र नभएको साधारण चारपाङ्रे चलाउन जान्नेलाई सिफारिस गरि नियुक्ति गरेको भन्दै छानविन गर्न स्थानिय युवा क्लवको अगुवाईमा जिल्ला प्रशाशन कार्यालय कपिलवस्तुमा लिखित निवेदन दिएको क्लवका अध्यक्ष पृथ्वी राज चौधरी छन। भने “हामीले कार्यपालिका बैठकको निणर्य माग गर्दा,निणर्यहरु अधुरो भएकोले अहिले दिन सकिन्न भनेर पालिकाको प्रमुख प्रशासकीय अधिकृत ले जानकारी दिए निणर्य नै नगरि मनपरि सिफारिसका आधारमा चालक भर्ना गर्दा यस अगाडी खरिद गरिएको एम्बुलेन्स दुर्घटनामा गाउँपालिकाले नै क्षतिपुर्ति तिर्नुपरेको बताए ।


यस सन्दर्भमा तत्काल छानविन गरि विधि प्रकृया र नितिको शाशन लागु गर्नुपर्ने क्लवको माग रहेको छ । यतिवेला गाउँपालिकाको एक एम्बुलेन्स दुर्घटना भई थन्किएको छ भने वडा पत्रका लागि पालिका अगाडी राखिएको १ लाख बढी लागतको डिजिटल वडा पत्र विग्रिएको अवस्थामा थन्कीएको छ । सामान्य मर्मतमा बन्ने वडा पत्र विग्रिदा र यस अगाडी ल्याईएको एम्बुलेन्स मर्मत नगरि नयाँ थप गर्नुपनी रहस्यको विषय भएको बताईएको छ । यता यस सन्दर्भमा कुरा गर्दा पालिका अध्यक्ष निशार अहम्मद खाँ ले मापदण्ड बनाएर चालक अनुमती पत्र भएका विश्वासिला डाईभरहरु मात्र नियुक्त गरेको बताए । उनले भने सिडियो कार्यालयमा डाईभरहरु भर्ति गर्दा मापदण्ड हुनु नपर्ने हामीलाई मापदण्ड यो कहाँ को नियम हो प्रश्न गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation