कांग्रेसको नगर अधिवेशन : सैनामैनामा रण बहादुर खनाल विजयी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज भएको निर्वाचनमा सैनामैना नगरपालिकाको सभापतिमा रण बहादुर खनाल १ सय २६ मत सहित विजयी हुनुभएको छ । 

खनालले प्रत्यासी कृष्ण प्रसाद पोखरेललाई २४ मतको अन्तरले हराउनुभएको हो । खनालले १ सय २ मत प्राप्त गर्नुभयो । 

सैनामैना ६ कलौनी स्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा भएको अधिवेशनमा २ सय ४० मत खसेको थियो । १२ मत भने रद्द भएको छ । नगरमा २ हजार २ सय २४ जना क्रियासिल सदस्य छन् । आज दिउँसो ३ : ५० बजेबाट मतदान सुरु भएको थियो ।   

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation