लक्ष्मणघाट पुल नजिक एक पुरुषको शव फेला


कपिलवस्तुको लक्ष्मणघाट पुल नजिक एक पुरुषको शव फेला परेको छ ।

बाणगंगा ७ मोतिपुरका रुकमागत बेल्वासेका ५५ वर्षिया छोरा माधव बेल्वासेको शव फेला परेको हो ।


कोईली बनगाई देखि लक्ष्मणघाट जाने बाटोमा लक्ष्मणघाट पुल नजिकको कल्र्भट मुनि बेल्वासेको शव फेला परेको हो । कल्र्भट माथिबाट खसेर बेल्वासेको ज्यान गएको हुनसक्ने प्रहरीको प्रारम्भिक भनाई छ ।

शव पोष्टमार्टमका लागि लैजाने तयारी भएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


पुर्व भारतिय आर्मीबाट अवकास प्राप्त गरेका उनले मदिरा सेवन गर्ने गरेको र त्यसैकारण खसेको हुन सक्ने अनुमान गरेका छन् ।
उनका २ छोरा र एक छोरी रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation