रुपन्देही तिलोत्तमामा एक महिना अघि ज्यान गुमाएकी सीता भण्डारीको मृत्युलाई मोबाइलमा सुसाइड नोट फेला परेको हवाला दिँदै टुङ्ग्याउन खोजिएपछि आज अपरान्ह सडकमा ओर्लिएका स्थानीय र प्रहरीवीच बुटवलमा झडप भएको छ ।
मणिग्राम चोकमा धर्ना बसेका आफन्त र स्थानीयमाथि प्रहरी खनिदा भएको झडपमा १० स्थानीय र ४ सुरक्षाकर्मी घाइते भएका छन् ।
माइती पक्षले ४ बजेदेखि यातायात बन्द गराएकोमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीको हस्तक्षेप पश्चात सडक राती अबेरदेखि खुलेको छ ।
धर्नामा बसेका १६० बढि स्थानीय माथि धरपकड हुन थालेपछि तिनले त्यहीँबाट गृहमन्त्री रहेका बालकृष्ण खाँणको पुत्ला जलाएका थिए ।
खाँण मन्त्री बनेदेखि नै रुपन्देही गएका छैनन् ।
उमेर अन्तरका सीताको मृत्यु नभएर श्रीमानले हत्या गरेको आफन्तहरुको आरोप छ ।
उनको भदौ २० गते आफ्नै कोठामा झुन्डिएको अवस्थामा शव भेटिएको थियो ।