मलमला पर्यटकीय क्षेत्रमा विद्युत विस्तार, पर्यटकिय क्षेत्रका रुपमा विकास गरिदै

उज्यालो पोस्ट सैनामैना।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ स्थित मलमल चौराबाबा मन्दिर तथा मन्दिर परिसरमा विद्युत सेवाको विस्तार गरिएको छ । विहिबार एक कार्यक्रमको आयोजना गरि विस्तार गरिएको विद्युत लाइनको उद्घाटन गरिएको हो ।  

थारु समुदायको सभ्यता संग जोडिएर रहेको मलमल चौराबाबा मन्दिर पर्यटकीय स्थलका रुपमा विकास गर्न लागिएको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो ।  सबैको सहकार्य र सहयोगबाट यस क्षेत्रको विकास गर्न सकिने उहाँको भनाई छ । उहाँले भन्नु भयो—“विकास प्रमुख वा कार्यकारी प्रमुखले चाहेर हुँदैन सबैको चाँसो र सहयोग हुनु पर्छ, हरेक काममा सुझाव, सहकार्य तथा निगरानी आवश्यक छ ।” जनप्रतिनिधि निर्वाचित भएपछि सैनामैनामा विद्युत सेवाको थप गुणस्तर सुधार गरिएको उहाँले बताउनु भयो । 

विद्युतमा देखिएको समस्या समाधानका लागि नगरपालिकाको सहकार्यमा साल्झण्डीमा विद्युत सवस्टेशन निर्माण गर्न लागिएको नेपाल विद्युत प्राधिकरण लुम्विनी प्रदेश प्रादेशिक कार्यलय प्रमुख नवराज ओझाले बताउनु भयो । 

थारु समुदायको सभ्यता संग जोडिएर रहेको मलमला क्षेत्रको विकास दिर्घाकालिन रुपमा गरिनु पर्ने र पर्यटकीय क्षेत्रका रुप आय—आर्जन गर्ने गरि विकास गरिनु पर्ने मलमला एकिकृत सामुदायिक विकास कार्यक्रमका अध्यक्ष गुणखर भट्टराइले बताउनु भयो । यस क्षेत्रको विकास गर्न संघिय, प्रदेश, स्थानीय सरकार र स्थानीय सबैको सहयोग सहकार्य हुनु पर्ने उहाँको भनाई छ । 

तार र पोल सहित विद्युत प्राधिकरणको करिव दुई लाख ५० हजार रुपैयाँमा सो विद्युत लाईन विस्तार गरिएको नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रले बताएको छ । 

कार्यक्रममा नेपाल विद्युत प्राधिकरण वुटवल वितरण केन्द्रका सुरेश महतो, सैनामैना नगरपालिका वडा नं. ६का वडा अध्यक्ष वसन्त पाण्डे, नेकपा एमालेका चेतनारायण न्यौपाने, नेपाली कांग्रेसका कृष्ण प्रसाद पोख्रेल, मलमला एकिकृत सामुदायिक विकास कार्यक्रमका सचिव पदम पाण्डे लागाएतले मलमलाको विकासका बारेमा बोल्नु भएको थियो ।

मलमला क्षेत्रमा अहिले डिपिआर सहित पर्यटकिय क्षेत्रका रुपमा विकास गरिदै छ । 

साथै कार्यक्रममा नेपालीहरुको महान चाड वडा दशैं, दिपावली तथा छठपर्वको शुभकामना अदान प्रदान गरिएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation