बुटवलका पत्रकार मनोज हितंगाको सडक दुर्घटनामा ज्यान गयो

 

बुटवल । गएराती बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको ज्यान गएको छ।

गएराती करिव सवा ११ बजे बुटवलको मिलनचोकबाट अस्पताललाईन तर्फ गईरहेका हितंगा सवार मोटरसाईकल र अस्पताललाईन तर्फबाट मिलनचोक तर्फ आउदै गरेको यात्रु बाहक बस बसपार्क नजिकै एक आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको थियो।

दुर्घटनाबाट गम्भिर घाईते हितंगालाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल लगेकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले बताएको छ।

लामो समयदेखि टेलिभिजन क्यामेरा पर्शनको रुपमा कार्यरत हितंगा पछिल्लो समय एनटिभीको लुम्विनी प्रदेश कार्यालयमा सम्वाददताको रुपमा कार्यरत थिए।

पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा हितंगा करिव १५ बर्ष देखि बुटवलको बुद्धनगरमा बस्र्दै आएका थिए। हितंगाका बुवा,एक श्रीमती २ भाई रहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation