पहिरोले भीमफेदी–कुलेखानी सडक अवरुद्ध

मकवानपुर – शुक्रबार बिहानैदेखि परिरहेको वर्षाले पहिरो जाँदा हेटौँडादेखि काठमाडौँ जोड्ने सडक अवरुद्ध छ ।भीमफेदी गाउँपालिका–६ मा पर्ने उक्त सडकखण्डमा आज बिहान खसेको पहिरोले दुईतर्फी सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए ।हेटौँडाबाट काठमाडौं जोड्ने छोटो दूरीको उक्त सडकमा खसेको पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation