किस्ट अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

२८ साउन, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । पाठकका अनुसार ती महिलाको बुधबार बिहान नै कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।उनलाई यही साउन २६ गते पाटन अस्पतालले किस्टमा रिफर गरेको थियो । उनमा ज्वरो, पखाला र वान्ताको समस्या देखिएको थियो । ‘अन्य अस्पतालले भर्ना नलिएपछि भौंतारिदा भौंतारिँदै पाटन अस्पताल हुँदै हामीकहाँ आउनु भएको थियो,’ पाठकले भने, ‘आईसीयुमा राखेर उपचार गर्दागर्दै उहाँको देहान्त भयो ।’उनले भने, ‘किस्ट अस्पतालले कोभिड वार्ड चलाइसकेको छैन, तर हामीले कोभिड शंकास्पद विरामीलाई पनि भर्ना लिएर उपचार गर्दै आएका छौं । रिफर गर्ने हाम्रो नीति छैन ।’बुधबार नै ललितपुरको पाटन अस्पतालमा जनकपुरकी ३८ बर्षिया एक महिलाकाे मृत्यु भएकाे थियाे ।

कोरोनाको कारणले कपिलवस्तुमा दुइ जनाको मृत्यु

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation