सुशील गैरे,कपिलवस्तु-राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुको अध्यक्षमा कृष्ण हरिजन चयन हुनु भएको छ । संविधान दिवसको अवसरमा गोरुसिंगेमा आयोजित एक कार्यक्रमका बीच हरिजनलाई अध्यक्षमा चयन गरिएको हो ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालको संगठन विस्तार भएसँगै कपिलवस्तुमा जिल्ला शाखा गठन भएको हो । दलित पत्रकारहरूको भेलाले हरिजनको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।समितिको उपाध्यक्षमा कल्याणी खनेल, सचिवमा विक्रम विश्वकर्मा, सहसचिवमा भुपेन्द्र सुनार र कोषाध्यक्षमा रामसरण रैदास चयन भएका छन् । त्यस्तै सदस्यहरुमा शम्भु विश्वकर्मा, राज कुमार चमार, धनीराम कोरी र राम बहादुर गन्धर्व चयन भएका छन् ।यता ३ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ । सदस्यहरुमा रामदेव पासी, उजेली विश्वकर्मा र रामप्रघट कोरी चयन भएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष विनोद पहाडीले समुदायमा जातका नाममा हुने भेदभाव तथा छुवाछुत अन्त्यका लागि निरन्तर लागिरहन संघलाई आग्रह गर्नु भएको ।

पहाडीले मुलुकामा हुने हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनु पर्नेमा जोड दिनुभयो । त्यस्तै दलित मानव अधिकारकर्मी मिना परियारले शुभकामना दिदै पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा नव गठित कार्य समितिले अग्रसर भएर काम गर्नु पर्नेमा जोड दिनु भएको छ ।राष्ट्रिय दलित पत्रकार संघ प्रदेश ५ का अध्यक्ष चिन्ता परियारको अध्यक्षता, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष विनोद पहाडीको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य सोना खटिकको विशिष्टि अतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सल्लाहकार संजिव गहतराज, दलित अधिकारकर्मी मिना परियार लगायतको उपस्थिति रहेको थियो ।







