अक्सिजनबिनै १० पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पाको निधन भएको छ। ७२ वर्षीय शेर्पाको सोमबार बिहान १० बजे काठमााडौंको जोरपाटीस्थित् आफ्नै निवासमा मृत्यु भएको हो।
हिमचितुवा उपनामले परिचित शेर्पाले बिनाअक्सिजन १० पटक सगरमाथाको आरोहण गरेर विश्व रेकर्ड कायम गरेका थिए। शेर्पा पछिल्लो समय लिभर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए।