नीजि मेडिकलहरूले गर्भपतनको औषधी बिक्री गर्दा असुरक्षित गर्भपतन बढ्याे

ताैलिहवा- गर्भपतन औषधीको नीजि मेडिकलद्धारा बिक्री वितरणले समाजमा असुरक्षित गर्भपतन बढाएकोले मान्यता प्राप्त संस्थाहरुबाट मात्र सेवा लिनु पर्नेमा एक कार्यक्रका वक्ताहरुले जोड दिएका छन् ।
शनिबार तौलिहवामा आयोजित कार्यक्रममा बोल्दै वक्ताहरुले अधिकांस मेडिकलहरुमा निर्वाध रुपमा गर्भपतनका बिभिन्न औषधीहरु रुपमा बिक्री हुने गरेको बताएका छन् । यसरी नीजि मेडिकलहरुमा गर्भपतनको औषधीहरु निर्वाध रुपमा बिक्रीहुंदा असुरक्षित गर्भपतनको जोखिम बढ्नुका साथै गर्भवीतहरुको शारिरिक, मानसिक स्वास्थ्यमा समेत गम्भिर असर पर्ने गरेकोले मान्यता प्राप्त संस्थाहरुबाट गर्भपतन गर्नु पर्ने कुरामा सरोकारवालाले जोड दिएका हुन ।
नेपाल परिवार नियोजन संघ तौलिहवामा छैटौ सुरक्षित गर्भपतन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपाल परिवार नियोजनसंघ कपिलवस्तुका अध्यक्ष खग प्रसाद शर्मा चापागाईले सुरक्षित रुपमा गर्भपतनको गराउनको नेपाल सरकार अनुमति प्राप्त संघ संस्था नेपाल परिवार नियोजन संघ, मेरी स्टोप सेन्टर, जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुले आफ्नो निगरानीमा मात्र मेडिकल औषधीहरु चलाउन पाउँने भएता पनि निर्बाध रुपमा नीजि मेडिकलहरुले गर्भपतनका औषधीहरु बिक्री गर्दा गर्भवतीहरुको स्वास्थ्यमा गम्भिर खेलवाड भएको बताएका छन् । यस्तै कार्यक्रममा बोल्दै मेरी स्टोप कपिलवस्तुका प्रमुख मनिराम पाण्डेयले मेरी स्टोप, जिल्ला अस्पताल, तिलौराकोट स्वास्थ्य चौकीमा निःशुल्क रुपमा गर्भपतनको औषधी उपलब्ध भएता पनि सो बारेमा जानकारीको अभाव तथा गोपिनियताका कारणले गर्दा नीजि मेडिकहरुबाट गर्भपतनको औषधीको प्रयोग बढेको बताए । उनले नीजि मेडिकलहरुबाट असुरक्षित रुपमा गर्भपतनको औषधी प्रयोग गरे पछि उच्च रक्त श्राव तथा शारिरिक समस्या परे पछी धेरै जना मेरी स्टोपमा आउने गरेको बताए । उनले मेरी स्टोपमा, परिवार नियोजन संघ तथा स्वास्थ्य कार्यालयमा गराईने गर्भपतनको जानकारी नै अत्यान्तै गोपनिय हुने हुंदा सो बारेमा समाजलाई जानकारी गराउनु आवश्यकता रहेको बताए । कार्यक्रममा बोल्दै कपिलवस्तु नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले गर्भपतन गर्ने नगराउने सम्पुर्ण अधिकार गर्भवती महिलामा रहेको र गत आर्थिक बर्षमा कपिलवस्तु नगरपालिकाका तिन वटा मान्यता प्राप्त संस्थाहरुबाट ७ सय ५ जनाले मात्र सुरक्षित गर्भपतन गराएको बताए । उनले सके सम्म गर्भपतन रोक्नका लागि सके सम्म असुरक्षित रुपमा हुने यौन सम्पर्कहरु रोक्न पर्नु कुरामा जोड दिए ।
कार्यक्रममा परिवार नियोजन संघका सभापति चापागाईले पछिल्लो समयमा असुरक्षित रुपमा हुने यौन सम्पर्क बढेकोले बिभिन्न प्रकारका यौन जन्य रोगहरु बढेको बताए । अधिकासंले आकस्मिक गर्भनिरोधन ७२ घन्टे चक्की प्रयोग गर्ने र त्यसमा पनि किशोर, किशोरीहरु धेरै रहेको पाइएकोले यस तर्फ सबैको ध्यान जानु पर्ने बताए । उनले मेरी स्टोप, जिल्ला अस्पताल, तिलौरोकोट स्वास्थ्य चौकी जस्तै परिवार नियोजन संघबाट पनि ९ हप्ता भित्र गर्न सकिने गर्भपतन निःशुल्क गराउनको पहल थालेको बताए । यसै गरि मेरी स्टोपका तौलिहवाबाट गत आ.व.मा १ हजार ४९ र चन्द्रौटमाबाट १ हजार १ सय गरि २ हजार १ सय ४९ जनाले निःशुल्क सुरक्षित गर्भपतन गराएको जानकारी दिए । कार्यक्रममा बोल्दै परिवार नियोजन संघकी स्टार्फ नर्स रिता कार्कीले कोरोना महामारी समयमा समेत अस्थायी साधन वितरण तथा ग्रामिण स्तरमा पुगेर ईम्प्लान्टसेवा उपलब्ध गराईएको बताईन ।
कार्यक्रम कपिलवस्तु नगरपालिका स्वास्थ्य संयोजक उमेश गुप्ताको अध्क्षता एंव परिवार नियोजन संघकी मनोसामाजिक परामर्शकर्ता सुष्मा आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation