बाँके। नेपालगंज उपमहानगरपालिका–१३ गंगापुरस्थित आरएनके फुड प्रोडक्सनमा विद्युत लाईन सट भई आगलागी हुँदा करिब ४५ लाख रुपैयाँ बराबरको धनमान नष्ट भएको छ।
दुना, प्लेट मेशिन, पेपरकप मेशिन, कच्चा पदार्थ लगायत बिभिन्न सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।