छत्रेश्वरी गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीद्वारा सबै वडा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी

छत्रेश्वरी गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीले सबै वडा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिदिएका छन् । आफूहरुको सेवाको समयावधि गाउँपालिकाले थप नगरेको जनाउँदै उनीहरुले तालाबन्दी गरेका हुन् । तालाबन्दी पछि सेवाप्रवाह समेत प्रभावित हुन पुगेको छ ।
करार कर्मचारी सङ्घर्ष समितिका संयोजक दिलीप बोहराले भने, “हामीले हाम्रा मागको सुनुवाई गर्नका लागि पटक पटक सम्बन्धित निकायसमक्ष कुरा पुर्याएका छौँ । ती निकायबाट हाम्रो मागको सुनुवाई नभएपछि बाध्यभएर तालाबन्दी गरेका हौ ।”गाउँपालिका अध्यक्ष सन्तोष केसीले गाउँपालिकाले आवश्यकताका आधारमा करारमा कर्मचारी नियुक्त गरिएकोले नहटाउने जानकारी दिए । रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation