कपिलवस्तु :एक लाख बढि रकम लुटियो

कपिलवस्तुमा दिउसै एक महिला बाट रु १ लाख २५ हजार लुटेर भाग्दा ३ जान पक्राउ परेका छन । कपिलवस्तु नगरपालिका वडा नम्बर २ लमतियाका राम किशोर पासीका श्रीमति प्रेम सुद्या पासीले घरयासि कामको लागि आफनो जाग्गा अर्काेलाई मालपोत कार्यालय तौलिहवाममा राजिनामा पास गरेर नगद रु १लाख २५ लिइ घर अउने क्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर २ रामतलहा गाउँको दक्षिण नालाको किनारमा हिजो करिब ३ बजे तिर लु ३ प १२९२ नम्बरको मोटरसाईकलमा सँवार भएर अएका तीनै जानले सो रकम लुटेर भाग्दा होहल्ला भए पाछि लमतिया गाउँका स्थानियले पक्राउँ गरेका थिए ।
पक्राउँ पर्नेमा यशोधार गाउँपालिका वडा नम्बर २ का नसबुदिन धुनिया ,कपिलवस्तु नगरपालिका वडा नम्बर ३ मालटोल वस्ने बिक्की कन्दु र रिजवान अन्सारी रहेका राम लखान जयसवालले जानकरी दिनुभएको छ । पक्राउँ परेक तिनै जनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाँइएको जयसवालले बताउनुभयो । पक्राउ परेका तीनै जानको साथ बाट रु ७४ हजार बरामत पनि भएको उहाँले बताउनु भएको छ । बाकी अरु पैसा भाग्ने क्रममा कतै खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको र थप अनुसन्धान भाइरहेको प्रहरीले जनकारी दिएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation