चीनले नेपालको भुमि अतिक्रमण गर्यो भन्दै त्रिकाल युवा क्लब विजयनगरद्वारा बिरोध प्रदर्शन

चीनले नेपालको भुमि अतिक्रमण गर्यो भन्दै जिल्लामा प्रदर्शन भएको छ ।
नेपालको हुम्ला जिल्लाको लाप्चामा जमिन मिचेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराउदै त्रिकाल युवा क्लब विजयनगरले कपिलवस्तुमा प्रदर्शन गरेको हो ।
चीनले नेपालको भुभाग मिच्दै गर्दा पनि नेपाल सरकार किन मौन रहेको? जस्ता विभिन्न प्रश्न गर्दै प्रदर्शनकारीहरुले बिरोध प्रदर्शन गरेका थिए ।
महिला हिंसा बढयो भन्दै नेपालकी राष्ट्रिय पति बिद्यादेवी भणडारीको पुतला समेत दहन गरेका थिए ।
त्रिकाल युवा क्लब विजयनगर गाउँपालिका अध्यक्ष कैलाश कुर्मी अनुसार कुसुम यादव, राम प्रकाश कुर्मी, सहदेव यादव, शिवनारायण तेलि, अजय पासी, राम किशोर कोरी लगायतको उपस्तिथिमा प्रदर्शन गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation