शितगङ्गा ११ र १२ का पहिरो पीडितलाई बस्न मिल्ने टेन्ट खाद्यान्न बोकेर पुगे पुर्व उप -प्रधानमन्त्री रायमाझी

पुर्व उपप्रधानमन्त्री तथा अर्घाखाँचीका प्रतिनिधि सभा सांसद टोप बहादुर रायमाझीले पहिरो क्षेत्रको स्थलगत अनुगमन गर्नु भएको छ ।
गत ९ गते पहिरोमा परि भासिएको शितगंगा १२ को जोख्लेगैरा क्षेत्रमा उँहाले स्थलगत अनुगमन गर्दै उक्त विपत प्रति ब्यक्त गर्दै घरवार बिहिनहरुको ब्यवस्थापनमा सरकार सँग छिटै पहल गर्ने बताउनु भएको छ ।
पहिरोले करिव ५० घर बिस्तापित भएकोमा दुख ब्यक्त गर्दै छिटोभन्दा छिटो स्थायि बसोबासको लागि जुट्न आफु तयार रहेको रायमाझीले बताउनु भयो । आज उक्त स्थानमा स्थलगत अनुगमन गर्दै रायमाझीले बाँस बस्न मिल्ने टेन्टको समेत ब्यवस्थापन गर्नु भएको छ ।
शितगङ्गा नगरपालिका वडा नम्बर १२ मा ५१ वटा टेन्टको ब्यवस्था गर्नु भयो भने वडा नम्बर ११ मा ९ वटा टेन्टको ब्यबस्थापन गर्नु भएको हो । शितगङ्गा नगर प्रमुख सुर्य प्रसाद अधिकारी ,उपप्रमुख टीका रेस्मि ,वडा अध्यक्ष बाबुराम गैरे,दुर्गा बिसि भिम के.सि.वसन्त श्रेष्ठ लगायतले अनुगमन गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation