अभिभावकमा कोरोना देखिए पछि वाणगंगा माध्यमिक विद्यालयको एउटा कक्षा बन्द

कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका ८ स्थित वाणगंगा माध्यमिक विद्यालयको एउटा कक्षाको पठनपाठन बन्द गरिएको छ । अभिभावकमा कोरोना संक्रमण पृष्टि भएपछि कक्षा १० को पठनपाठन आईतवार सम्मका लागि बन्द गरिएको विद्यालयका प्रधानध्यापक कुलराज पौडेलले ई–साझाकुरालाई जनाकारी दिनुभएको छ ।
उज्यालो पोष्ट संग कुरा गर्दै प्रधानध्यापक पौडेलले भन्नुभयो आज कक्षा १० लाई सेनिटाईजर गरिएको र आईतबारबाट पुर्ण रुपमा कक्षा सञ्चालन हुने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो विद्यार्थीको उज्जव भविष्यको लागि स्वास्थ्यको सम्पुर्ण मापदण्ड पुरा गरी विद्यालय सञ्चालन गरीएको बताउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation