रेसुङ्गा खानेपानी आयोजनाको सम्झौता

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय अर्घाखाँचीले गुल्मी जिल्लाको सबै भन्दा ठूलो लिफ्टिङ्ग खानेपानी रेसुङ्गा खानेपानी आयोजनाको सम्झौता तथा विस्तृतिकरण कार्यक्रम एक समारोहको बीच सम्पन्न गरेको छ । 
मझेङ्ग खोलादेखि रेसुङ्गाको शिर शिद्धबाबासम्म पानी लिफ्टिङ्ग गरी नगरपालिका भित्रका अन्य स्थानमा प्रयाप्त पानी पुर्‍याउने यस आयोजनाको लक्ष्य रहेको छ । गुल्मीको रेसुङ्गा नगरपालिका क्षेत्रभरीको वर्षौदेखिको खानेपानी समस्याको समधान गर्न यो कोशे ढुङ्गा साबित हुने रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसालले बताए । 
१३ सय ९६ मिटर हेडमा ५ स्टेज पम्पिङ्गमा पानी लिफ्टिङ्ग गर्ने यस योजना २५ करोड १२ लाख ७१ हजार ५ सय सात रुपैयाँ ६ पैंसामा २ वर्षभित्र सम्पन्न गर्न  कन्काइ जयमाता जेभि कोटेश्वरसँग सम्झौता भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख सिडिई रामप्रसाद घिमिरेले बताए । 
उक्त योजनाको कुल रकमको ९० प्रतिशत रकम नेपाल सरकारले र बाँकी १० प्रतिशत रेसुङ्गामझेङ्ग खोलाभाड गाँउखानेपानी तथा सरसफाइ उपभोक्ता समितिले व्यहोर्ने संघीय खानेपानी तथा ढलव्यवस्थापन आयोजना कार्यालय अर्घाखाँचीका प्रशासन प्रमुख कृष्ण वर्माले बताए। 
यस नगरक्षेत्रमा कूल ३१ लाख ६३ हजार लिटर प्रतिदिन पानीको माग हुने र यसमध्ये प्रतिदिन १९ लाख ५६ हजार लिटर पानी मझेङ्गखोलाबाट लिफ्ट गरी ३०.२ लिटर प्रति सेकेण्डका दरले दैनिक १८ घण्टा मात्र पम्प संचालन गरी पानी पूर्ति गरिने र बाँकी १२ लाख ७ हजार लिटर विद्यमान आयोजनाको श्रोतबाट पूर्ति गरिने जानकारी आयोजना कार्यालयका इन्जिनियर बिजय खरेलले बताए ।आयोजनाको मूख्य संरचनाहरुमा मूख्य पाइपलाइन, सेडमेन्टेसन ट्यांकी, स्लो स्याण्डफिल्टर, ११ वटानयाँ ट्यांकी, थोक वितरण प्रणाली, उपभोक्ता समिति भवन लगायतका संरचना समेत निर्माणको जानकारी गराए। 
सम्झौता तथा विस्तृतीकरण कार्यक्रममा उपस्थित निर्माण व्यवासयीका प्रतिनिधि गौतमप्रसाद भुसालले यस आयोजनाको निर्माण अवधि २१ महिनाको तोकिएको  र समयभन्दा अगाडि नै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  
विकास निर्माणमा राजनीतिक हस्तक्षेप नहुने र राजनीतिक दलले सहयोग र सहजीकरण गर्ने नेकपाका जिल्ला सचिव वीरबहादुर कार्की नेपाली कांग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले प्रतिवद्धता जनाए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation