बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–३ एकलैनीस्थित सडकबाट अवैध लागुऔषध ६ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।
बिहीबार दिउँसो पक्राउ पर्नेमा भारत लक्षिमपुर थाना बस्ने २१ वर्षीय आरिफ बन्जरा भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनले लुकाई ल्याएको अवस्थामा उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।