गैँडाको आक्रमणबाट नवलपरासीमा एक जनाको ज्यान गयो

वलपरासीकाे पूर्व नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिका १७ कुलेनीमा गैँडाको आक्रमणमा परि ६५ वर्षका जंगिलाल मुखियाको ज्यान गएको वडा अध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान खेतमा तोरी छर्न जाने क्रममा मुखियालाई गैँडाले आक्रमण गरेको हो ।
उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा नै उहाँको ज्यान गएको वडा अध्यक्ष आचार्यले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation