रुपन्देहीमा टिपरको ठक्करबाट ८ बर्षीय बालकको घटनास्थलमै मृत्यु

लुम्बिनी– भैरहवा सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका–८ विश्वकर्मा मन्दिर नजिकै टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको लु१क ११७४ नंको टिपरले आज बिहान ९ः३० बजे ठक्कर दिँदा पैदलयात्री मायादेवी–८ का आठ वर्षीय रघुवीर हरिजनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले जानकारी दिए। ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation