अर्घाखाँचीमा कोरोनाका कारण ज्या’न गुमाएका एक व्यक्तिको शव गाडेको साढे चार महिनापछि उत्खनन गरेर अन्त्येष्टि

शव गाडेको साढे चार महिना पछि पुन उत्खन्न गरी परम्परा अनुसार दाहसंस्कार गरेको विषय अनौठो लाग्न सक्छ । तर यो वास्तविकता घटना हो ।अर्घाखाँचीमा कोरोनाका कारण ज्यान गुमाएका एक व्यक्तिको शवलाई साढे चार महिना पछि उत्खन्न गरी दाहसंस्कार गरिएको छ ।
जिल्लाको मालारानी गाउँपालिका– ४ का ५७ वर्षीय यमप्रसाद खनालको गत २८ जेठमा उपचार गरेर फर्कने क्रममा निधन भएको थियो । क्वारेन्टाइनमा बसेको बेला स्वाब परीक्षणका क्रममै हराएपछि मृत्यु भएपछि पुन स्वाव संकलन गरी परीक्षण गर्दा पोजिटिभ नतिजा देखिएको थियो ।
कोरोना पोजिटिभ देखिएपछि शवलाई २ दिनसम्म खुल्ला चौरमा राख्न परिवारका सदस्य बाध्य भएका थिए । त्यसबेला परिवारले चाहेको स्थानमा शव व्यवस्थापन गर्न र परम्परा अनुसार काजकिरिया गर्न नपाएपछि चार महिनापछि शव उत्खनन गरेर परम्परा अनुसार अन्त्येष्टि गरिएको परिवारका सदस्य प्रकाश खनालले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation