मालारानी गाउँपालिकामा बिधालय संचालन: बिद्यार्थी उपस्थित संख्या न्युन

प्रदेश ५-काे पहाडी जिल्ला मध्य अर्घाखाँची पनि एक हाे ,जस जिल्लाकाे मालारानी गाउँपालिकामा रहेका बिधालयहरु आज देखि वैकल्पिक सिकाई सहजीकरण कार्यविधि २०७७ वमोजिम व्यक्तिगत सुरक्षा विधि अपनाई सिकाई सहजीकरण गरि पठनपाठन सुरु भएको छ।
कोभिड १९को कारण बिधालयमा दैनिकी स्कुल खोल्ने,विद्यार्थी भर्ना गर्ने काम भएपनि पठनपाठन भने भएको थिएन,तर वैकल्पिक सिकाई सहजीकरण कार्यविधि २०७७ वमोजिम व्यक्तिगत सुरक्षा विधि अपनाई आज देखि गाउँपालीका भित्रका धेरै बिधालयमा पठनपाठन सुरु गरिएकाे हाे।
पछिल्लो समय नेपाल सरकारले बैकल्पिक शिक्षा लागु गरेकाे भएपनी कोभिड १९ को समय पढाई ५ तरिकाले पढ्न सक्ने निड्य अनुसार, रेडियो, टिभी,अनलाइन, शिक्षक टोल-टोल गएर पढाउने, कम्प्युटर इत्यादि माध्यम बाट पठनपाठन गराउने भनिएपनि उक्त गाउँपालीका भित्रका बिधालय हरु भौगोलिक हिसाबले असुविधा भएको कारण विद्यार्थीलाई सहज तरिकाले पढाउने काम भएकाे थिएन।
कस्ताे किसिमकाे सुरक्षा विधि अपनाइ बिधालय संचालन भए त।
मालारानी गाउँपालीका भित्र रहेका बिधालय हरुमा विद्यार्थीहरुलाई बिधालय आउनु भन्दा पहिले र बिधालय बाट घर गए लगत्तै साबुनपानीले हात अनिवार्य धुनुपर्ने, माक्स अनिवार्य लगाउनुपर्ने, निड्य गरि बिधालय संचालनमा ल्याईएकाे हाे।
कोभिड १९को कारण बिधालय बन्दा बन्दी भएकाे ७ महिना पछि बिधालय संचालनमा आएका हुन,तर बिधालय संचालनमा अएपनी बिद्यार्थी उपस्थित संख्या पहिलेकाे तुलनामा निकै न्युन रहेकाे छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation