गीतकै कारण भिटेनलाई नसमात्‍न उच्च अदालतको आदेश

गायक भिटेनलाई गीत गाएकै कारण नसमात्‍न उच्च अदालत पाटन इजलासले अन्तरिम आदेश जारी गरेको छ । आफूलाई प्रहरीले गीत गाएकै कारण पक्राउ गर्न लागेको भन्दै भिटेनले उच्च अदालतमा निषेधाज्ञा माग गर्दै रिट दायर गरेका थिए । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलाशले गीतसँगितकै कारण पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको उपरजिष्ट्रार शम्भु रेग्मीले जानकारी दिए । भिटेनको पारा भन्‍ने गीतलाई लिएर प्रहरी प्रधान कार्यालयले साइबर सेललाई परिपत्र गर्दै भिटेनलाई आवश्यक कारवाही गर्न निर्देशन गरेको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation