भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणेको नेपाल भ्रमणको समाचार कभर गर्न गएका पत्रकारहरुलाई त्रिभूवन विमानस्थलमा प्रहरीले रोकेको छ ।विशिष्ट अतिथि आउँदा अरुबेला जान दिने ठाउँमा यो पटक पत्रकारहरुलाई जान दिइएको छैन । विमानस्थलको मुल गेटबाट भित्र छिरेकालाई पार्किङ्ग क्षेत्रमै प्रहरीले रोकेको छ भने केहीलाई मुल गेटमै रोकेको छ ।
त्रिभूवन विमानस्थलले भने अनुसार आफूहरुले गरेको प्रहरीले बताएका छन् । अरुबेला विशिष्ट अतिथि आउँदा यसरी रोक्ने गरिएको थिएन ।
भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरावणे बुधबार नेपाल आउँदैछन् ।
नेपालमा रहँदा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् । यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ सेनाध्यक्षको उपाधि ग्रहण गर्ने छन् ।