नागढुङ्गामा स्रोत नखुलेको ४० लाख रूपैयाँसहित एक पक्राउ

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रूपैयाँसहित नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ बस्ने ४० वर्षीय व्यास गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। बुटवलबाट काठमाडौँ आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुवाहक बस महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त रकम फेला परेको हो।
बसमा सवार गुप्ताले झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार थानमा रहेको उक्त नगद फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation