गण्डकी प्रदेशमा शुरु भयो ‘चालकसँग १ मिनेट’ कार्यक्रम

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले राजमार्ग तथा शहरी क्षेत्रहरुमा ‘चालकसँग १ मिनेट’ कार्यक्रम शुरु गरेको छ ।लकडाउन (बन्दाबन्दी) खुकुलो भएसँगै सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने र कोरोना संक्रमणबाट बच्ने, बचाउने उद्देश्यले आइतबार बिहान ११ बजेबाट  ‘चालकसँग १ मिनेट’ कार्यक्रम शुरु गरिएको हो ।
गण्डकी प्रदेशका ११ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालय र ५३ वटा अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले एकसाथ सुरु गरेको यो कार्यक्रम पहिलो चरणमा एक महिनासम्म दिनहुँ सन्चालन हुने गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडा कास्कीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक मनोज कुमार शाहीले जानकारी दिए ।आइतबार बिहान ११ बजे पोखरा महानगरपालिका वडा नं. १० औद्योगिक क्षेत्रको गेट अगाडिबाट शुरु भएको सो कार्यक्रममा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल समेतको सहभागिता छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation