भक्तिराम घिमिरे ,बुद्धभुमि।कपिलवस्तुको बुद्धभुमि १ पत्थरकोटमा रहेको गडि टोलमा बेतेनि खानेपानी आयोजनाको लागि (दुइ लाख पच्चिस हजार) लिटर पानी अटाउने टङकि निर्माणको लागि आज एक कार्यक्रमका बीच सिलान्यास गरिएको छ । बुद्धभुमि १ का वडा अध्यक्ष तेज बहादुर बस्नेतद्वारा सो टङकिको सिलान्यास गर्नुभएको हो । नेपाल सरकारको कुल बजेट ४ करोड ४० लाख मध्ये खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय रुपन्देहिको टेन्डरबाट सो टङकि निर्माणको लागि मात्रै ७७ लाखमा सगुन कन्ट्रक्सनले ठेक्का लिएको बेतेनि खानेपानी उपभोक्ता समितिका अध्यक्ष रबि घिमिरेले जानकारी दिनुभयो।कार्यक्रममा वडा अध्यक्ष तेज बहादुर बस्नेतले जनताको स्वच्छ खानेपानी खान पाउनु उनीहरुको अधिकार भएको भन्दै जनताका जस्तो सुकै समस्यामा समाधान गर्न आफू लागि पर्ने बताउनुभयो । उहाले अब आर्थिक विकासको लागि जनता जुर्मुराउनु पर्ने भन्दै आफ्ना जनतालाई सुबिधा दिन आफु सदैव प्रतिबद्ध रहेको समेत बताउनुभयो । कार्यक्रममा वडा सदस्य राम प्रसाद बेल्बासे , उपभोक्ता समिति सचिब सारदा शर्मा , बुद्धिबहादुर सारु , इन्द्रमणि बेल्बासे, मोहन शर्मा ,नारायण भुशाल, बाबुराम ग्वालि ,टान बहादुर केसि, प्रेम नारायण अधिकारि, टिकाराम घिमिरे,बलराम भुशाल ,दधिराम घिमिरे ‘ राम प्रसाद खनाल ‘नारायण बेल्बासे, अनिल गुप्ता लगायतको उपस्थिति रहेको थियो।उक्त खानेपानी आयोजना सम्पन्न भएपछि पत्थरकोटका करिब ३ सय घरधुरी लाभान्वित हुनेछन् । सो आयोजना ७ महिना देखि १२ महिना भित्र सम्पन्न गर्ने इन्जिनियर देबेन्द्र भटराइको भनाइ छ । उक्त योजना सम्पन्न भएपछि आफुहरुलाइ पानीको समस्या अन्त्य हुने भन्दै स्थानिय हरुले खुशि ब्यक्त गरेका छन्।