चितुवाको आक्रमणबाट बैतडीकी किशाेरीको मृत्यु

 चितुवाको आक्रमणबाट बैतडीकी एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका–४ की माया महता रहेकी छिन् ।

सोमबार दिउँसो साढे दुई बजेतिर घरभन्दा पारी डडल्धुराको भागेश्वर गाउँपालिकाको मर्मागाड जंगलमा घाँस काटिरहेको अवस्थामा उनलाई चितुवाले आक्रमण गरेको र घटनास्थलमै ज्यान गएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए । उनका अनुसार शिवनाथ र डडेल्धुरकाको भागेश्वर वारीपारी भएकोले घाँसदाउरा गर्न यताका स्थानीय उतै जाने गरेका छन् । ठूलो जंगल पर्ने भएकोले स्थानीयहरु त्यहाँ जाने गरेका उनले बताए ।
बैतडीकी महिला भएपनि घटना डडेल्धुराको क्षेत्रमा पर्ने भएकोले उतैको प्रहरीले हेर्ने बैतडी प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।खबर आएको र प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।आइतबार पनि त्यही जंगलमा डडल्धुराका १२ वर्षका बालकलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation