नेपालका १३ जिल्लामा छन् ५ सय बढी सक्रिय कोरोना संक्रमित

नेपालका कुल ७७ जिल्लामध्ये १३ वटा जिल्लामा ५ सय भन्दा धेरै सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।५ सय बढी सक्रिय कोरोना संक्तमित रहेका जिल्लाहरुमा उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) सहित झापा, मोरङ सुनसरी, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी (पूर्व), दाङ र रुपन्देही रहेका छन् ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार १२६ पुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ७९८ रहेको छ ।योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ५९ हजार ७२४ रहेको छ । कोरोना संक्रमण मुक्त हुनेको दर नेपालमा ८१ प्रतिशत रहेको छ ।नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ९६७ रहेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा आज १ हजार ४२८ जना संक्रमित थपिएका छन् । जसमध्ये ६३० महिला र ७९८ जना पुरुष संक्रमित रहेका छन् ।पछिल्लो २४ घण्टामा नेपालमा ११ हजार १७७ वटा पीसीआर परीक्षण भएका छन् । योसँगै अहिलेसम्म नेपालमा १५ लाख ५१ हजार २५४ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation