राजमार्गमा चल्ने गाडीका चालक र सह-चालकको स्वास्थ्य परीक्षण

राजमार्गमा चल्ने गाडीका चालक तथा सह-चालकको  प्राथमिक स्वास्थ्य परीक्षण गरिएको  छ ।ट्राफिक प्रहरी कार्यालय मुग्लिङले इलाका प्रहरी कार्यालय मुग्लिङ र मुग्लिङ हाइवे हस्पिटलको सहकार्यमा  शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका- ५  मा रहेकाे मुग्लिङ बजारमा  प्राथमिक स्वास्थ्य परीक्षण गरिएकोे हो ।मुग्लिङ बजारमा रहेको ट्राफिक प्रहरी पोष्टको प्राङ्गणमा गरिएको स्वास्थ्य जाँच कार्यक्रममा ५५ वटा साना तथा ठूला गाडीका चालक तथा सह-चालकको स्वास्थ्य परीक्षण गरिएको ट्राफिक प्रहरी कार्यालय मुग्लिङका प्रहरी सहायक निरीक्षक युवराज बसौलाले जानकारी दिनुभयो ।
गाडी चालक तथा सह-चालकको स्वास्थ्य अवस्था सामान्य नहुँदा दुर्घटनाको जोखिम हुने भएकोले यस्तो किसिमको कार्यक्रम मुग्लिङमा आयोजना गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुर्घटना न्यूनीकरणका लागि गाडी चालक  स्वस्थ हुन पनि आवश्यक हुन्छ । विशेष गरी चालक तनावमा हुनुहुँदैन ।  उनीहरुको स्वास्थ्य जाँच गरेका  हौँ ।’
प्राथमिक स्वास्थ्य परीक्षण कार्यक्रममा चालक तथा सह-चालकको मानसिक अवस्था ठिक रहेको वा नरहेको, तनावमा रहेको वा नरहेको तथा उनीहरुको आँखाको दृष्टि अवस्था, ज्वरो, रक्तचाप, मधुमेहलगायत अन्य शारीरिक अवस्था ठिक भए–नभएको जाँच गरिएको प्रहरी सहायक निरीक्षक बसौलाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation