त्रिशुलीमा जीप खस्दा हराएकामध्ये २ जनाको शव फेला

चितवनको इच्छाकामना गाउँपालिका ४ मा रहेको नाग्दी खोला नजिक त्रिशुली नदीमा जीप खस्दा बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ ।चालक सूर्य केसी र जमुना रोकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जमुना रोकाकी १५ वर्षकी छोरी जेनिशा रोकाको भने खोजी भैरहेको चितवन प्रहरीका प्रवक्ता एवं डीएसपी सूर्य थापाले उज्यालोलाई जानकारी दिनुभयो ।जीपमा रहेका जमुनाका श्रीमान् मुकुन्द बहादुर रोका भने पौडी खेलेर बाँच्न सफल हुनुभएको छ । मुकुन्दको अहिले पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । प्युठानबाट बिरामी जेनिशालाई लिएर काठमाण्डौका लागि छुटेको लु १ च ९७३१ नम्बरको पिकअप भ्यान त्रिशुली नदीमा खसेको हो । प्रहरीका अनुसार पिकअप भ्यान सडकबाट झण्डै ६० मिटर तल त्रिशूली नदीमा खसेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation