तिलोत्तमामा १५ शैय्याको अस्पताल शिलान्यास

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १५ शैय्याको अस्पताल शिलान्यास गरिएको छ ।अर्थमन्त्री विष्णु पौडेलले बिहीबार एक कार्यक्रमका बीच अस्पतालको शिलान्याश गरेका हुन् । अस्पतालको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले अस्पताल निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए ।हरेक पालिकामा कम्तिमा एउटा १५ शैय्याको अस्पताल निर्माण गर्ने संघीय सरकारको नीति अनुसार अस्पतालको शिलान्यास गरिएको हो ।२०४० सालमा स्थापना भएको आनन्दवन स्वास्थ्य चौकीलाई स्तरोनन्ती गरी १५ शैयाको अस्पताल बनाउन थालिएको हो । १४ कठ्ठा क्षेत्रफलमा १८ करोडको लागतमा अस्पताल निर्माण हुन लागेको हो ।चालु आर्थिक वर्षमा अस्पताललाई एक करोड रुपैयाँ बजेट तिलोत्तमा नगरपालिकालाई निकासा भइसकेको छ । हाल बर्थिङ सेन्टर र प्रयोगशालासहित सेवा प्रदान गरेको स्वास्थ्य चौकी अस्पतालमा स्तरोन्नती भएपछि प्राथमिक अस्पताल समूह ‘ख’ अनुसारको सेवा उपलब्ध हुने छ ।शिलान्यास कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरेले तिलोत्तमाकै सेमरा बजार स्वास्थ्य चौकीलाई पनि अस्पतालमा स्तरोन्नति गराउन पहल भइरहेको बताए ।एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यो तिलोत्तमा नगरपालिका कै पहिलो सरकारी अस्पताल हुने र अस्पताल सञ्चालनमा आएपछि मेडिकल सुपरिडेन्डेन्ट,मेडिकल अफिसर, जनस्वास्थ्य निरीक्षक सहित २८ जनाको सरकारी दरबन्दी हुने स्वास्थ्य चौकी इञ्चार्ज ज्ञानप्रसाद पौडेलले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation