जंगलको रुख भित्र ३ थान बन्दुक फेला परे

दाङ १५ पुस । दङमा जंगलमा लुकाईका ३ थान बन्दुक फेला परेका छन् । जंगलमा लुकाइछिपाई राखेको तीन वटा भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित गादिबरा सामुदायिक वनमा साजको रुखको प्वालभित्र लुकाई राखेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तीन वटा भरुवा बन्दुक बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले जानकारी दिए ।

    प्रमुख सिंहका अनुसार सो बन्दुक कसले र किन राखेको हो भन्ने विषयमा थप अनुसन्धान भईरहेको छ । साथै उनले केही दिन अगाडी तुलसीपुर उपमहानगरपालिका वडा नं १३ को फुलबारीमा शिकार खेल्ने क्रममा एक व्यक्तिको बन्दुकको गोली लागेर मृत्यु भएपछि हातहतियार खोजिको अभियान चलाउदा बन्दुक घरमा नल्याएर जंगलमा नै लुकाउने गरेको बुझिएको प्रहरीले बताएको छ ।

presspati savar

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation