नेपाली महिलाको कपडा भारतीय प्रहरीले च्यातिदिएपछि सिमामा प्रदर्शन

भैरहवा २० फागुन :   हिजो साझ भारतीय सिमा सुरक्षा बलका प्रहरीले स्थानीय महिलाको कपडा च्यातिदिएपछि नेपाल भारत सिमा नाका तनावग्रस्त भएको छ । भारतीय बजार सुनौली पुगेर फर्कदै गर्दा स्थानीय देवि आलेमाथी भारतीय सिमा सुरक्षावलका जवानले अभद्र ब्यवहार गर्नुका साथै लगाएका कपडा च्यातिदिएको स्थानीय माधव शर्माले बताउनु भयो ।

भारतीय सिमा सुरक्षाबलले दादागिरी देखायो त्यसका बिरुद्ध प्रदर्शन गरेका हौंं उहाले भन्नुभयो । अहिले नेपाल भारत सिमा क्षेत्र शसस्त्र प्रहरीको नियन्त्रणमा छ आवत जावत बन्द  छ शर्माले भन्नुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation