निषेधाज्ञा अवधिमा खाद्यान्न र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट

सरकारले निषेधाज्ञा अवधिमा खाद्यान्न र खाना पकाउने ग्यासमा छुट दिने भएको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट दिने घोषणा गरेका हुन् । 

त्यस्तै सरकारले निषेधाज्ञाभर २० यूनिटसम्म खपत गर्ने ग्राहकलाई विद्युत महशुल शत प्रतिशत छुट दिने भएको छ । आर्थिक वर्ष ७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले  निषेधाज्ञाभर २० यूनिटसम्म खपत गर्ने ग्राहकलाई विद्युत महशुल शत प्रतिशत छुट दिने बताएका हुन् । 

त्यस्तै २० हजार लिटरसम्म खानेपानी शुल्क निः शुल्क दिने घोषणा पनि पौडेलले गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation