पाल्पाको तिनाउ एकका दर्जनौं युवा माओवादी केन्द्रमा प्रवेश

उज्यालो पोष्ट, सैनामैना
पाल्पाको तिनाउ गाउँपालिका वडा नं १ का मुर्थुङ,आरखुदी,ओर्लोफान र हात्तीमारा लगाएतका गाउँहरुबाट काँग्रेस र एमाले परित्याग गरि ६९ जना युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार पार्टी प्रवेश कार्यक्रमको आयोजना गरि माओवादी केन्द्रका केन्द्रीय सदस्य,पाल्पा जिल्ला ईन्चार्ज ,लुम्बिनी प्रदेशका सांसद तुलाराम घर्तीले काम नगर्ने, बढी गफ गर्ने ब्यक्ति भन्दा काम गर्ने ब्यक्ति रोज्न जनताहरु सक्रिय भएको बेला आएको बताए । उनले यहाँका युवाहरुको सक्रियतामा यो आयोजना गरि हामीलाई समेत आमन्त्रण गरेकोमा बधाई दिँदै जनताले अब फेरि माओवादीलाई विश्वास गर्न लागेको सन्देश यो पार्टी प्रवेश कार्यक्रमले दिएको बताए।

कार्यक्रममा पार्टीका प्रदेश सदस्य चक्रब्यूह थापाले भने ‘जनताहरु परिवर्तन चाहन्छन्, माओवादीले परिवर्तनको एजेन्डा अघि सार्दै जनताको हितमा सधैं काम गर्ने हुदा यहीँ पार्टीलाई सबैले मन पराईरहेको सन्दर्भमा तिनाउका आरखुदीका सबै जनताले हिम्मतका साथ पार्टी प्रवेश गर्ने आँट गरेकोमा बधाईसहित शुभकामना छ ।’

तिनाउ गाउँपालिकाका प्रवक्ता तथा पार्टीका अध्यक्ष राजेश श्रेष्ठले अब तिनाउबाट माओवादीको विजय सुरु भएको बताउदै सधैं जनताको पक्षमा काम गर्ने पार्टी नै माओवादी केन्द्र भएकोले जनताको विश्वास बढेको दावी गरे। पार्टी प्रवेश तथा सवगत कार्यक्रममा स्थानीय धन बहादुर घर्ती, पिताम्वर घर्ती, अमर सुनारी, ज्ञान बहादुर थापा, दुर्गा सुनारी, खड्क पुन, मोहन सिंह पुन, लोक बहादुर पुन, कौशिला लम्तरी,जिव कुमारी लगायत ६९ जना नवप्रवेशीलाई अबिर र खादाले स्वागत गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation