उज्यालो पोष्ट, सैनामैना
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं.७ का झण्डै ३० भन्दा बढी युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
शनिवार भएको एक कार्यक्रममा अनिहरु पार्टी प्रवेश गरेका हुन् । सोहि कार्यक्रममा वडाका १० वटै टोलमा टोल कमिटि समेत गठन गरिएको छ ।
माओवादी केन्द्र सैनामैना नगर संयोजक मानबहादुर महत (नारायण)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका नेता रोमनाथ न्यौपाने, दिपक अधिकारी लगाएतका नेताहरुको उपस्थिती रहेको थियो ।
उता सैनामैना वडा नं.४ मा पनि माओवादी केन्द्रमा युवाहरुको प्रवेश गर्नेको लर्को लागेको छ ।
शनिवार भएको कार्यक्रमा वडाका झण्डै ४० जना युवाहरु पार्टीमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र सैनामैना नगर संयोजक मानबहादुर महत नारायणको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता तेजेन्द्र सुवेदीले गर्नुभएको थियो ।