नेकपा माओवादी केन्द्र रुपन्देहि द्धारा प्रदेस प्रमुखलाई स्वागत

उज्यालोपोष्ट, बुटवल । नेपाल कम्यूनिष्ट पार्टि माओवादी केद्रद्धारा लुम्विनि प्रदेसका नवनियुक्त प्रदेस प्रमुख अमिक सेरचनलाई प्रदेस प्रमुख कार्यलयमै स्वागत तथा सुभकामना व्यक्त गरेको छ ।
नेकपा माओवादी केन्द्र रुपन्देहीले आज सोमबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान बनेकोे पनि चर्चा गरे । ठूलो राजनीतिक त्याग र बलिदानले नयाँ संविधान निर्माण भएको भन्दै यसले गरेको परिकल्पना अनुसार राज्य संचालन गरिनुपर्ने धारणा राखे । लुम्बिनी प्रदेशलाई समृद्द प्रदेश बनाउन आफूले सक्दो भूमिका खेल्ने बताउँदै प्रदेश प्रमुखले विधि र प्रक्रिया अनुरुप प्रदेश सरकार चल्नुपर्ने औंल्याए ।
कार्यक्रममा मओवादी केन्द्रका नेताहरु हकिकुल्ला खाँ, दिपा बिक, निर्मल जीसी, रिज्जु श्रेष्ठ लगायतले शेरचनलाई खादा तथा सम्मानपत्रले सम्मान गरे । सहभागीहरुले शेरचनलाई बधाई ब्यक्त गरे । उक्त अवसरमा बोल्दै माओवादी केन्द्र रुपन्देहीका सचिव निर्मल जीसीले लुम्बिनी प्रदेश सरकार जनप्रतिनिधिको भावना अनुसार चल्न नसकेको आरोप लगाए । कार्यक्रमा लुम्बिनी प्रदेशका अगुवा पार्टी कार्यकताहरु सहभागि थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation