मुख्यमन्त्रीले राजीनामा दिने सम्भावना,लुम्बिनीकी ‘भाउजू सांसद’ फेरि माओवादीमै

उज्यालोपोष्ट, बुटवल । कहिले एमाले,कहिले माओवादी हुँदै हप्ता दिनअघि मात्र एमाले फर्किएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी वली अर्थात् ‘भाउजू सांसद’ फेरि माओवादी केन्द्रमै फर्किएकी छन्।

दुईमहिना अघि माओवादी नेत्री तथा पूर्वसभामुख ओनसरी घर्ती र सांसद सुदर्शन बरालमार्फत् ५५ लाख बुझी माओवादीको पक्षमा लागेकी उनी केही दिनअघि एमालेमै फर्किएकी थिइन् ।

एमाले नेताहरुको निगरानीमा मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा रहेकी सांसद बिमला आज बिहानै फरार भई माओवादी सम्पर्कमा गएकी हुन् ।

उनी माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएको माओवादीका एक नेताले बताएका छन्। ती नेताका अनुसार उनी मुख्यमन्त्री निवास छाडेर पार्टीको सम्पर्कमा आएकी हुन्।

सबैतिरबाट अप्ठ्यारोमा पर्दै गएपछि मुख्यमन्त्री शंकर पोख्रेलले आज राजीनामा दिने सम्भावना देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation