एमसिसि बारे अध्यक्ष प्रचण्डको धारणा

उज्यालो पोस्ट,काठमाडौं,नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले एक कार्यक्रमका बिच अगुवा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै,जनताले माओवादी पार्टी माथी आशा र भरोसा राखेकोले,आफू एमसिसि बारे गम्भीर रहेको र रास्ट्रको हितबिपरीत हुने कुनै पनि सन्धि सम्झौता नगरिने बताएका छन।अध्यक्ष प्रचण्डले विगत देखि अमेरिका लगायत अन्य रास्ट्रहरुले पनि सहयोग गर्दै आईरहेका छन।तर एमसिसि को हकमा नेपालको संविधान भन्दा माथी हुने गरि विदेशिको उपनिवेश आफुलाई स्विकार्य नहुने भन्दै जनताको मर्म र पार्टी कार्यकर्ताको निर्देशन बमोजिम अघि बढ्ने कुरामा विश्वस्त रहन आग्रह पनि गरेका छन।साथै उनले भनेका छन विकास निर्माणको कार्यमा विनासर्त निस्वार्थ भावले नेपालको संविधानको दायरामा रहेर कसैले लगानी वा सहयोग गर्न चाहे जनहितको लागि सोच्न सकिने बताएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation