प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान नियुक्त, शाक्य कता पुगे ?

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

यसअघिनै प्रधानमन्त्री शेर बहादुर देउवाले घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने प्रकृया अघि बढाउन निर्देशन दिएका थिए ।सोहि निर्देशन अनुसार शुक्रबार ऊर्जा मन्त्री पम्फा भूसालले शाक्यलाई मन्त्रालयमा बोलाएर राजीनामा दिन निर्देशन दिएकी थिइन् ।

विश्वस्त स्रोतका अनुसार मन्त्री भुसालको निर्देशन अटेर गर्दै निर्देशक शाक्यले राजिनामा नदिएपछी सोमबारको मन्त्रिपरिषद बैठकले घिसिङलाई शुरुमा नियुक्ति गरेको थिएन । घिसिङलाई नियुक्ती नगरेको झोकमा बैठक नसकिंदै ऊर्जा मन्त्री भुसाल आक्रोसित हुँदे बाहिर निस्किएर माओवादी केन्द्रका अध्यक्ष पुष्पमकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेकी थिइन् ।

मन्त्री भूसालले फोन गर्नासाथ प्रचण्ड बालुवाटार पुगेर कुलमानको नियुक्तिको निर्णय माइन्यूटमा लेख्न लगाएको बालुवाटार स्रोतले बताएको छ । मन्त्रिपरिषद बैठक सकिएको १ घन्टापछि कुलमानको नियुक्तिको निर्णय गराई प्रचण्ड फर्केको स्रोत बताउँछ ।

घिसिङको नियुक्तिसँगै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा तानिएको छ । मन्त्रिपरिषद बैठकले उनलाई हटाउँदा अदालतमा रिट दर्ता गरी पुनः बहाली हुने संभावनालाई ख्याल गरी आयोगमा तानिएको स्रोतको दाबी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation