नव नियुक्त मुख्य मन्त्रीलाई बधाई तथा सम्मान :लुम्बिनी प्रदेश

उज्यालो पोस्ट बुटवल , नेकपा माओवादी केन्द्र रुपन्देहीले लुम्बिनी प्रदेशका नव नियुक्त मुख्य मन्त्री कुल प्रसाद के.सि लाई मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यलयमा पुगेर बधाई तथा शुभकामना दिएको छ।लुम्बिनी प्रदेशमा नेकपा एमाले अल्पमतमा पर्दा लामो समयको राजनैतिक रस्साकसी पछि,गएको बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले विश्वासको मत लिन नसकेर राजिनामा दिए संगै हिजो बिहीवार बहुमत सिद्ध गर्दै प्रदेश सभाबाट नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य कुल प्रसाद केसि ले मुख्यमन्त्रीको रुपमा सपथ ग्रहण गरेका हुन।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै के.सि ले आफुलाई पार्टिले दिएको जिम्मेवारी संगै गठबन्धनको रणनीति अनुरुप अघि बढनुको साथै,जनमुखी नीति तथा कार्यक्रम बनाएर अघि बढ्ने कुरामा दृढ रहेको कुरा बताएका थिए।साथै कार्यक्रम बोल्दै नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला सचीव निर्मल जि.सि (नारायण)ले प्रतिगमनलाई परास्त गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै।संघिय व्यवस्था नै धरापमा पार्ने गरि नेकपा एमालेले जनतामा निराशा र भ्रम छर्ने बाहेक अरु कुनै उल्लेखनीय कार्य नगरेकोले बर्तमान प्रदेश सरकारले जनताप्रति उत्तरदायी भुमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।भने प्रतिगमनका विरुद्ध उभिएको परिवर्तनकारी शक्तिहरुको गठबन्धनलाई अझै थप उर्जा मिलोस भनी प्रतिबिम्ब स्वरुप मुख्यमन्त्री लाई सम्मान गरिएको बताएका छ्न।

उक्त कार्यक्रममा रुपन्देही जिल्लाका विभिन्न स्थानिय निकाय बाट प्रतिनिधित्व गर्दै करिब १०० भन्दा बढी अगुवा नेता तथा कार्यकर्ता सहभागी थिए।

उज्यालो पोस्ट:रमेश गैरे

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation