बाढिले बगाउदा एकै परिवारका तीन जनाले ज्यान गुमाए:जुम्ला

उज्यालो पोस्ट-जुम्लामा बाढिले बगाउदा एकै परिवारका तीन जनाले ज्यान गुमाएका छन। हिमालय जडिबुटी सेतक चिनी कोरेर घर फर्किने क्रममा जुम्ला तातोपानी गाउँपालिका वार्ड न – ७ का एक बालक सहित तीन जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यलय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक दान बहादुर थापाका अनुसार ६० वर्षिय बिर्ख रावत,३५ वर्षिय जैसरा रावत र दस वर्षिय छोरा सन्देश रावतको ज्यान गएको छ।जैसरा रावत सन्देश आमा छोरा र बिर्खे रावत ठूलो बुवा रहेको प्रहरीले जानकारी दिएको छ।स्थानिय खोलामा पानी जम्मा भएर ताल बनेको र सो ताल फुटे पछि आएको बाढिले बगाएको तातोपानी गाउपालिका अध्यक्ष नवराज न्यौपाने ले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation