उज्यालो पोस्ट-बुटवल ,रुपन्देही र कपिलवस्तुमा शैक्षिक सम्हाली रहेका (प्रीन्सिपल) ब्यक्तिहरु पछिल्लो समय आक्रामक शैलिमा देखिएका छ्न।जो सिङ्गो विद्यालयको व्यवस्थापनको जिम्मा सम्हाल्नुको साटो गुण्डागर्दी र अराजक शैलिमा शिक्षक कुटपिट गर्ने तर्फ उन्मुख देखिएका छन।
कपिलवस्तुको हिलवर्ट इंलिस बोर्डि∙ स्कुल का अध्यक्ष एवम् रुपन्देहिको एक नीजि विद्यालयका प्रिन्सिपललले अर्को विद्यालयका शिक्षकलाई कुटपिट गरेको आरोप लागेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका(८ स्थित नवज्योति इङ्लिस बोर्डिङ स्कुलमा अध्यापनरत शिक्षक सागर न्यौपानेलाई कुँवरवर्ती इङ्लिस बोर्डिङ स्कुलका प्राचार्य ,एवम् हिलर्वटका अध्यक्ष दिपक खनालको नेतृत्वमा चारजनाले भौतिक आक्रमण गरेको विद्यालयले आरोप लगाएको हो ।
प्रिन्सिपल खनालसहित सोही विद्यालयमा कार्यरत शिक्षकहरु गोकुल खनाल, युवराज रिमाल र राहुल रेग्मीको समूहले सामुहिकरुपमा कुटपिट गरेकाले चारैजना विरुद्ध अभद्र व्यवहार अन्तर्गत इलाका प्रहरी कार्यालय बुटवलमा मुद्धा दर्ता भएको नवज्योति बोर्डिङले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुंवरले घटनाबारे अनुसन्धान भइरहेको बताए ।