जनतालाई उत्पादन संग जोड्ने नीति र कार्यक्रमको आवश्यकता महसुस:अर्थमन्त्री

उज्यालो पोस्ट —श्रावण ३१, २०७८

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले जनतालाई उत्पादन अभियानमा जोड्नका लागि सरकारले नीति र कार्यक्रमको आवश्यकता महसुस गरेको बताएका छन् । कान्तिपुर इकोनमिक समिट(२०२१ को ुअर्थतन्त्रको उपचारु विषयक छलफलमा बोल्दै अर्थमन्त्री शर्माले युवा जनशक्ति र स्रोत परिचालन गरेर अर्थतन्त्रलाई अगाडि बढाउनुपर्ने बताएका हुन् ।

नेपालमा छरिएर रहेको पुँजीलाई एकीकृत गरेर परिचालन गर्दै आम जनतालाई उत्पादन अभियानमा लानका लागि उत्पादनको प्रतिफल पाउने ग्यारेन्टी गर्न सरकारले नीति र कार्यक्रम बनाउनुपर्ने आवश्यकता महसुस गरेको छु,ु मन्त्री शर्माले भने ।

त्यस्तै, कोरोनाका कारण धरासयी भएका व्यवसाय सञ्चालनका लागि पनि नीतिगत र वित्तीय सहयोगको आवश्यकता देखिएको मन्त्री शर्माले बताए । अहिले भइरहेका कामले बजेट खर्च भइरहेको तर काममा परिणाम नदेखिएको उनको भनाइ थियो । योजना निर्माण र कार्यान्वनमा समस्या भइरहेको छ, उनले भने ।

अर्थतन्त्र बलियो बनाउनका लागि विप्रेषणमा आधारित अर्थतन्त्रलाई आत्मनिर्भर दिशातिर लैजानुपर्ने, आन्तरिक उत्पादन क्षमताको वृद्धि गर्नुपर्ने, उत्पादन क्रियाकलापको विस्तार गर्नुपर्ने, युवा बहुल जनशक्ति परिचालन गर्दै पर्याप्त प्राकृतिक स्रोतको सदुपयोग गर्नुपर्ने अर्थमन्त्रीको भनाइ थियो ।

नेपालमा कोरोना संक्रमण पहिले नै १८ प्रतिशत जनता गरिबीको रेखामुनी रहेको र कोरोनापछि त्यो संख्या बढेको भन्दै ती जनतालाई गाँस, बास र कपासको व्यवस्था सरकारले गर्नुपर्ने अवस्था रहेको शर्माको भनाइ थियो ।

मुलुकमा भ्रष्टाचारका प्रश्न व्यापक उठ्ने गरेको भन्दै शर्माले पारदर्शिता अपनाउनुपर्ने अवस्था आएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation