उज्यालो पोष्ट, सैनामैना
कपिलवस्तु जिल्लाकै प्रतिष्ठित शैशिकहपको रुपमा स्थापित लुम्बिनी लर्निङ्ग सेन्टरले आज एक औपाचारीक कार्यक्रमका विच विदाई कार्यक्रम सम्पन्न गरेको छ । एस ई ई दिएर बसेको करिव ४५ जना भन्दा बढी विद्याथीहरुलाई झण्डै दुई महिना बृजकोर्ष सञ्चालन गरेको लुम्बिनी लर्निङ्ग सेन्टरले भव्य कार्यक्रमको आयोजना गरी मायाको चिनो तथा दोसल्ला ओढाएर विदाइ कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा सैनामैना मिडिया ग्रुप प्रा.लि.का सचिव तथा उज्यालो पोष्टका सम्पादक रमेश गैरे, मायादेवी अनलाइन तथा मायादेवी रेडियोका सञ्चालक तथा प्राविधिक विमल गैरे, शिक्षकहरु रविन्द्र पौडेल, मधुसुदन पाण्डे, प्रलाद पौडेल, सुजन पौडेलको आतिथ्यतामा लुम्बिनी लर्निङ्ग सेन्टरका प्रवन्ध निर्देशक असिम कंडेल क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै शिक्षक रविन्द्र पौडेलले सम्पुर्ण विद्याथीहरुलाई शैक्षिक सफलताको कामना व्यक्त गर्नु भएको थियो भने उज्यालो पोष्टका सम्पादक रमेश गैरेले विद्याथीहरुको यो समय भनेको आफ्नो भविष्य निमार्ण गर्ने समय भएको वताउनु भएको छ । विद्याथीहरुको तर्फबाट सपना पौडेल, सविना थापा, सृष्टि घिमिरे, अनन्त ढकाल, विपिन क्षेत्री, प्रसिद्ध चौधरी, सिमा चौधरी, प्रतिमा चौधरी, सुविचार घिमिरे, सौरभ केसी, स्मृती पोख्रेल, सुजल पाण्डे लगायतले बोलेका थियो । उनिहरुले लुम्विनी लर्निङ्ग सेन्टर जिल्लाकै उत्कृट मात्र नभएर प्रदेशकै नमुना लर्निङ्ग सेन्टर भएको बताएका छन् । अरु लर्निङ्ग सेन्टरको तुलनामा धेरै राम्रो र विद्याथीहरुको मन जितेर पढाएको विद्याथीहरु वताउछन् । बुटवलका विभिन्न कलेजहरुको अवलोकन गराएकोमा विद्याथीहरु औधि खुसि समेत व्यक्त गरेका थिए ।
लुम्बिनी लर्निङ्ग सेन्टरले आजभन्दा एक हप्ता पहिले बृज कोर्ष पढ्ने विद्याथीहरुलाई बुटवलका विभिन्न कलेजहरुको अवलोकन समेत गराएको थियो ।