२०७८श्रावण ३२
काठमाडौँ — आफगानिस्तानभर आफ्नो पकड जमाएको तालिवानले काबुलको एक होटलमा बसिरहेका नेपाली सुरक्षा गार्डसहित विदेशी कामदाररकर्मचारीहरुलाई छाड्न आदेश दिएको छ । होटलमा झन्डै एक सय ५० जना नेपाली सुरक्षागार्ड छन् ।
क्याम्प छोड्नुअघि नेपाली सुरक्षा गार्ड र उनीहरुका सरसामान ।
तालिवानले उनीहरुलाई हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलमै गएर बस्न निर्देशन दिएका छन् । जर्मन, क्यानेडियन, विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संस्थाहरुमा कार्यरत नेपालीसहित विदेशी बसिरहेको होटलमै पुगेर तालिवानले तत्काल होटल छोड्न निर्देशन दिइएको हो ।
स्रोतका अनुसार तालिवानले त्यहाँ रहेका विदेशी नागरिकलाई कुनै त्यस्तो दुर्ववहार नगरेको र र सबै सुरक्षीत रहेको जानकारी दिइएको छ ।