अ.ने.म संघ (क्रान्तिकारि) सैनामैनाको नगर भेला सम्पन्न,अध्यक्षमा शर्मा

उज्यालो पोस्ट,२०७८ भदौ ९

सैनामैना,आज अ.ने.म संघ(क्रान्तिकारि) सैनामैनाले ग्लोबल पार्टी प्यालेस सैनामैना-२ रुपन्देहीमा एक भव्य समारोहका बिच नगर भेला सम्पन्न गरेको छ।

उक्त भेलाले जानकी शर्माको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन गरेको हो।सो भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी उषा पुनले भनिन आज मुलुकमा महिलाको हकमा जे जति अधिकार स्थापित भएका ती सब दशबर्से जनयुद्ध बाट आएको उपलब्धि हो।हिजो काखिमा बच्चा च्यापेर दाउराको भारी बोक्ने नारिले बन्दुक बोकेर नलडेको भए सायद आज महिला रास्ट्रपति,प्रदेश प्रमुख,सभामुख,सांसद तथा जनप्रतिनिधि बन्दैन्थे होला।अब महिला प्रधानमन्त्री वा कार्यकारी रास्ट्रपति बन्नुपर्छ र आ-आफ्नो क्षेत्र देखि सबैलाई अधिकारका निम्ति लड्न आव्हान गरेकी थिईन।

साथै कार्यक्रम बोल्दै विशिस्ट अतिथी निर्मल जि .सि ले थपे रुपन्देहीमा माओवादी सकिए भन्नेहरुले अनेम संघ (क्रान्तिकारि) सैनामैना को भेला हेरोस र माओवादी आन्दोलन बाट बिचलित प्रतिगमनका दलालहरु उदाङ्गिएको बताएका छन ।

नगर भेला आयोजक समिती संयोजक कमला पन्थीको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि अनेम संघ (क्रान्तिकारि)लुम्बिनी प्रदेश संयोजक तथा लुम्बिनी प्रदेश सांसद उषा पुन,विशिस्ट अतिथिमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य निर्मल जि.सि(नारायण),अतिथिहरु रेशम रसाईली(सन्तोष),दिपा बि.क,लता घिमिरे,भोला बस्याल,मान बहादुर महत(नारायण),दिपक भण्डारी,दिपिका शर्मा,टीका वलि,द्ववर्ण जि.सि,हरिहर भट्टराई,राम प्रसाद भुसाल,रोमनाथ न्यौपाने,गोविन्द खरेल,रमेश गैरे,बिमल गैरे,धनिकला कुवर,गोविन्द पोख्रेल रहेका थिए भने सुमित्रा पराजुलीको स्वागत मन्तव्य र जानुका शर्माको संचालनमा सम्पन्न भएको हो।

तिज लक्षित जनवादी गितको प्रस्तुति संगै विविध सास्कृतिक कार्यक्रम जोडिएको सो भेलामा करिब ५०० भन्दा बढी महिला को उत्साहजनक सहभागी रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation