उज्यालो पोस्ट,२०७८ भदौ १०
काठमाडौं-नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीको कारण नेपालमा कम्युनिष्ट आन्दोलन खतरामा परेको बताएका छन्।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा लोकतन्त्र,संविधान र नेपाली कम्युनिस्ट आन्दोलनको उपलब्धी रक्षा गर्न आफूहरुले पार्टीभित्र विद्रोह गर्न बाध्य भएको बताएका हुन्।
विद्रोहको परिणामस्वरुप नयाँ पार्टी गठन गरिएको उनले बताए। अग्रमणका बाधक ओलीले एमालेलाई कब्जा गरिरहेको बताउदै उनले पार्टीभित्रको उकुमुकुस विस्फोट हुँदा पार्टी विभाजित भएको दाबी गरे। उनले एमालेका अध्यक्ष ओलीमा व्यक्तिवादमा सवार भएकाले त्यसविरुद्ध विद्रोहमा उत्रिन नेता तथा कार्यकर्तालाई आह्वान पनि गरे।
नयाँ निकास खोज्न सहयात्रामा निस्केका केही सहयोद्धाहरु बीचैमा थाके पनि आफूहरुको अविराम यात्रा जारी रहने उनको भनाई थियो। अध्यक्ष नेपालले हिम्मत नभएकाहरु थन्किएर बस्ने बताए।
एकीकृत समाजवादीले आफूहरु अब पूरानो लिकमा नजाने र पूरानो संस्कारलाई अवलम्बन नगर्ने उनले दावी गरे।